सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ४१ हजार ८ सय पुग्यो
काठमाडौं,७ जेठ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार सुन तोलामा ९ सय रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले वृद्धि हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार तोलामा ९ सय रुपैयाँले बढोत्तरी भएर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य अहिले सम्मकै उच्च हो ।
त्यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा ९ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४१ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य ३० रुपैयाँले बढेर तोलामा १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्