छिट्टै पार्टी एकता हुने , एमालेका नेता शेरधन राई

काठमाडौं । नेकपा एमालेका नेता शेरधन राईले एमाले र माओवादी केन्द्रबीच छिट्टै पार्टी एकता हुने बताएका छन् ।

बुधबार राजधानीमा रिपोर्टर्स् क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले पार्टी एकताका लागि घनिभूतरुपमा गृहकार्य भइरहेको बताए ।

उनले अब एमाले अधयक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भन्दै पार्टी एकताभन्दा पहिला सरकार बन्ने पनि बताए ।

प्रदेश नम्बर–१ मा मुख्यमन्त्रीका दाबेदारसमेत रहेका राईले १ नम्बर प्रदेशलाई नमुना प्रदेश बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एनपी साउदले कांग्रेस निर्वाचनमा पराजित भएपनि लोकतान्त्रिक प्रक्रियाबाट नभागेको बताए ।

प्रतिक्रिया दिनुहोस्