एमालेले राष्ट्रियसभाको निर्वाचनमा पठाउने उम्मेदवारहरुको छनोट गर्याे, यस्ता छन् उमेद्वार सूचिसहित

काठमाडौं । नेकपा (एमाले)को स्थायी समितिको आजको बैठकले राष्ट्रियसभा निर्वाचनमा पठाउने उम्मेदवारहरुको छनोट गरेको छ ।
एमाले अध्यक्ष केपी ओलीको निवास वालकोटमा आज साँझ बसेको स्थायी समितिको बैठकले यस्तो निर्णय गरको हो । जस अनुसार निम्न उम्मेदवारहरु उठाउने निर्णय गरेको छ ।
प्रदेश नं १–
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली ( दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम
प्रदेश नं २–
१. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश नं ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा ( महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर
प्रदेश नं ४–
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ
राष्टिय सभा निर्वाचनमा उत्साहका साथ सहभागी भई वाम गठबन्धनका उमेदवारहरुलाई जिताउन केन्द्रित हुने निर्णय गर्दै बैठक समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्