भारतमा बढाइयो लकडाउन, मे ३ सम्म जारी

काठमाडौं, बैशाख २ । भारतले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी मे महिनाको ३ तारिख सम्म वैशाख २१ गते सम्मका लागि लकडाउन बढाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै कोरोनाविरुद्धको लडाइँमा जीत हासिल गर्न लकडाउनको अवधि बढाइएको बताए ।

सबै राज्य सरकार र जनताको सुझावअनुसार ३ मे सम्मका लागि लकडाउन बढाउने निर्णय गरिएको प्रधानमन्त्री मोदीले बताए ।

प्रतिक्रिया दिनुहोस्