पोखराले टस जितेर बलिङ रोजेको छ भने चितवनलाई ब्याटिङको निम्तो दियो

काठमाडौं, २० कार्तिक। नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच खेल हुँदैछ ।

पोखराले टस जितेर बलिङ रोजेको छ भने चितवनलाई ब्याटिङको निम्तो दिएको छ ।

पोखराले आज कप्तान परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा चमिका करुणारत्नेलाई नयाँ कप्तान बनाएको छ भने पहिलो रोजाइमा तीन परिवर्तन गरेको छ । शकिब हल हसनको स्थानमा युवराज सम्रा पहिलो स्थानमा खेल्दैछन् ।

यस्तै सुदिप अर्याल र सागर ढकाल पनि पहिलो रोजाईँ खेल्दैछन् । आकाश चन्द र विपिन आचार्य आज बेन्चमा छन् । यस्तै चितवनले दुई परिवर्तन गरेको छ । मार्की कुशल मल्ल र डान मोस्ली पहिलो रोजाईँमा खेल्दैछन् भने देव खनाल र टम टेलर बेन्चमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्