संघीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै
काठमाडौं, २० कार्तिक । संघीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ ।
संसद् सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक आज बिहान साढे ९ बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने छ ।
आजको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशका उजुरीकर्ताहरूसँग आज छलफल गर्ने कार्यसूची रहेको उनले बताए । प्रस्तावित चार न्यायाधीशहरूविरुद्ध ५ वटा संयुक्त र ८ वटा व्यक्ति केन्द्रित गरी १३ वटा उजुरीहरू परेका छन् ।
गत २० असोजमा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।
यसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
गौतमका अनुसार आजको बैठकमा प्रस्तावित न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूलाई सुनुवाइका लागि छलफलमा डाकिएको छ ।






















प्रतिक्रिया दिनुहोस्