दुई राज्यमन्त्रीको पद धरापमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लोपटक मन्त्रिमडलमा सहभागी गराएका दुई राज्यमन्त्रीको जागिर संकटमा परेको छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरी सरकार विस्तार गरेको भन्दै मन्त्रिमण्डल विस्तारको निर्णय सच्याउन पत्राचार गरेको हुँदा नवनियुक्त दुई राज्यमन्त्रीको जागिर संकटमा परेको हो ।

देउवाले सोमबार राप्रपा प्रजातान्त्रिकका तर्फबाट विराज विष्ट र कमलादेवी शर्मालाई नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्