नेपाल ग्यास वितरण कुन–कुन स्थानमा हुँदै छन् ? हेर्नुहोस्

काठमाण्डा, १९ चैत । विगत ८ दिनदेखि लकडाउनका कराण उपभोक्ता मारमा परेको छ । खाने पकाउने ग्यास (एलपि ग्यास ) नपाउँदा सर्वसाधरण समस्यामा छन् । तर नेपाल ग्यासले कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबारदेखि ६ ठाउँबाट ग्यास वितरणको तयारी गरेकोे छ ।

नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ अन्य स्थानमा ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ । नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले उपभोक्ताको गुनासोअनुसार अतिरिक्त रुपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्यास वितरण गर्न लागिएको जानकारी दिए । उनका अनुसार काठमाण्डौ उपत्यकाका ६ ठाउँमा मिलाएर तीन दिनसम्म ग्यास वितरण गरिने बताए ।

‘यस परिस्थितिमा अति आवश्यक रहेका तथा तोकिएका बिक्री केन्द्रमा जान नसकेका उपभोक्तालाई ध्यानमा राखी हामीले ग्यास वितरण गर्न लागेका हौँ’, उनले भने, ‘तीन दिनमा दुई÷दुई स्थानबाट एकैचोटि ग्यास वितरण गर्नैछौँ, दुई स्थानमा हामीले ५६० वटासम्म सिलिण्डर वितरणको तयारी गरेका छौँ ।’

बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकबाट ग्यास सिलिण्डर वितरण गरिनेछ । यस पछि अर्काे रणनीति बनाएर अन्य स्थानमा ग्यास वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्