आनी छोइङको बिरोध गरेको भन्दै लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ पक्राउ
काठमाडौं, १० कार्तिक । लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ गएराति पक्राउ परेका छन् ।
प्रहरीले मध्यराति घरमा सुतिरहेको अवस्थामा लुम्बिनी बिकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङको बिरोध गरेको भन्दै पक्राउ गरेर लगेको अभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिए ।
आनीको नियुक्ति भएदेखि नै महाअभियानले विरोध गर्दै चरणवद्व आन्दोलन गरिरहेको छ ।
मध्यरातमा संयोजकमाथि गरिएको धरपकडप्रति महाअभियानले सरकारको कदमको कडा शब्दमा भ्रत्सना गर्दै निःशर्त रिहाइको माग गरेको छ।






















प्रतिक्रिया दिनुहोस्