प्रधानमन्त्री बालेन शाहले गरे एनपीएलको तेस्रो सिजनको उद्घाटन

काठमाडौं, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन भएको छ ।

प्रधानमन्त्री बालेन शाहले केहीबेर अघि तेस्रो सिजनको उद्घाटन गरेका हुन् ।

केहीबेरपछि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुँदैछ । खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

तेस्रो सिजन अन्तर्गतको पहिलो खेल केहीबेरमा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्