लुम्बिनी लायन्सले विजयी सुरुवात
काठमाडौं, १० कार्तिक । तेस्रो संस्कणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ ।
खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको हो ।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९।५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । डार्सी शर्टले १८ बलमा ४ चौका र तीन छक्काको मद्दतले ४० रन जोडे । आसिफ शेखले ३२ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले दुई तथा दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए । त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिम १७।२ ओभरमा ८७ रनमै अलआउट भयो ।
सुदूरपश्चिमका ब्याटर फ्लप साबित भए । उसका लागि दीपेन्द्र सिंह ऐरीले २७ तथा अनिल खरेल १५ रनमा अविजित रहँदा सैफ जइबले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका किशोर महतोले चार तथा शेर मल्लले तीन विकेट लिए । यस्तै, शेड्ली भान शाल्कविक, तिलक भण्डारी र रोहित पौडेलले एक–एक सफलता हात पारे । बलिङमा सुदूरपश्चिमका अनिल खरेलले दुई र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा समेटिएको थियो । सुदूरपश्चिमलाई सस्तोमा समेट्न लुम्बिनी लायन्सका शेर मल्ल र किशोर महतोले उत्कृष्ट प्रदर्शन गरेका थिए । किशोर ४, शेरले ३ विकेट लिँदा कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाकवाइकले एकएक विकेट लिएका थिए ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । विनोद ९, सैफ जैव १३, ब्रान्डन म्याकमुलेन २ र इशान पाण्डे ७, शेर्फन रदरफोर्ड एक, स्कुट कुइगेलेइन र हेमन्त धामी कुनै पनि रन नजोडी आउट भए । अनिल खरेल १७ रनमा अविजित रहे ।
नेपालमा पहिलो पटक प्रयोगमा आएको डिसिजन रिभ्यू सिस्टम ९डीआरएस०को प्रयोग लुम्बिनीले गरेको छ । दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका शेर मल्लले एलबीडब्लु अपिल गरेका थिए । तर, अम्पायरले आउट नदिएपछि लुम्बिनीका कप्तान रोहित पौडेलले डीआरएस लिएका थिए । जसमा उनी सफल हुन सकेनन् ।
मंगलबार एनपीएलका दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो साढे १२ बजेबाट विराटनगर किंग्स र चितवन राइनोजबिच हुनेछ । दोस्रो खेल साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।






















प्रतिक्रिया दिनुहोस्