कांग्रेस राष्ट्रियसभा निर्वाचनको तयारीका जुट्यो

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ । कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा अन्य दलहरुसँगको तालमेल र उम्मेदवारको टुंगो लगाउने विषयमा छलफल सुरु भएको हो ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेका दल र मधेसवादी दलसँग राष्ट्रियसभा निर्वाचनका लागि छलफल सुरु गरेको कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । अन्य दलसँग तालमेलको तयारी भए पनि अन्तिम टुंगोमा भने पुगि नसकिएको उनले बताए ।

माघ २४ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा बढी भन्दा बढी सिट जित्ने गरी उम्मेदवारी दिने नेताहरुले बताएका छन् । पार्टीको तर्फबाट राष्ट्रिय सभाको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल जारी रहेको बताइएको छ ।
जिल्ला सभापतिहरुको भेलामा केन्द्रित
कांग्रेसले प्रदेश अनुसारको जिल्ला सभापतिहरु भेला सुरु गरेको छ । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न कांग्रेसको जिल्ला सभापतिहरुको भेला सुरु भएको हो । काँग्रेसका प्रदेश १ का सभापतिहरुको भेला आज खोटाङको हलेसीमा हुँदैछ ।

भेलामा निर्वाचनको समीक्षा गर्ने तथा आगामी दिनमा पार्टीलाई कसरी अगाडि बढाउने छलफल हुनेछ । प्रदेश नं ३ का जिल्ला सभापतिको भेला भने आउदो शुक्रबार भक्तपुरमा हुनेछ । कांग्रेसले जिल्ला सभापतिको भेलाबाट आएको निष्कर्षका आधारमा नयाँ रणनीति तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्