एमाले-माओवादी केन्द्र पार्टी एकताको वैचारिक छलफलमा

काठमाडौं  । नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकतासम्बन्धी वैचारिक र सांगठनिक छलफल सुरु गर्ने भएका छन् । एकता संयोजन समितिको हिजोको बैठकले यस विषयलाई औपचारिक रुपमा प्रवेश गराएपछि दुई दलका शीर्ष नेताहरुले वैचारिक र सांगठनिक ढाँचाका विषयमा छलफल सुरु गर्ने भएका हुन् ।

लामो समययता अड्किदैँ आएको पार्टी एकतासम्बन्धी वैचारिक र सांगठनिक ढाँचाका विषयमा शीर्ष तहमा छलफल सुरु भएको एमाले नेता सुवास नेङम्वाङले जानकारी दिनुभयो । पार्टी एकतापछि पथप्रदर्शक सिद्धान्त के राख्ने भन्ने विषयमा दुई दलका नेताहरु विभाजित भइरहेका बेला यो विषयलाई टुङग्याउन गरी छलफल सुरु भएको हो ।

शीर्ष तहको छलफलले सरकार र पार्टीको नेतृत्व बाँडफाँट तथा एकीकृत पार्टीका अन्य सांगठनिक एकाइहरुबारे पनि प्रष्ट धारणा बनाउने छ । दुवै पार्टीको संयुक्त कार्यदलले राष्ट्रिय सभामा ४३ सिट जित्ने दावी गर्दै एमालेलाई २९ र माओवादी केन्द्रलाई १४ उम्मेदवार भाग भने लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्