अध्यक्ष ओली र भारतिय प्रधानमन्त्री मोदीबिच टेलिफोन वार्ता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी बिच टेलिफोन वार्ता भएको छ ।
आज अपरान्ह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष ओलीलाई टेलिफोन गर्नु भएको हो । वार्तामा अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदानप्रदान भएको थियो ।
प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिनुभएको छ । मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै वहाँलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ । अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीले यस अघिको नेपाल भ्रमणमा यी तीर्थ स्थल भ्रमणको इच्छा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्