कांग्रेसद्वारा आज पनि गण्डकी प्रदेशसभा बैठक अवरोध
काठमाण्डौ , फागुन ३० । सरकारले आफुसँग गरेका बाचा पूरा नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा शुक्रबार तेश्रो दिन पनि अवरोध गरेको छ ।
शुक्रबार बसेको बैठकमा कांग्रेसले अवरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्नेछ । प्रदेशसभा सचिवालयसम्बन्धी विधेयक र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा काँग्रेसको असहमति रहँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्