राष्ट्रियसभा निर्वाचनको तयारीमा राजपा, बैठक आज

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको तयारीका लागि राष्ट्रिय जनता पार्टी राजपा को राजनितिक समितिको वैठक आज वस्ने भएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा मघेसकेन्द्रित दल राजपा र संघीय समाजवादी फोरमले नेपाली कांग्रेससंग सहकार्य गरेर जाने बिषयमा कांग्रेससंग यसअघि छलफल गरेको राजपाले आफ्नो दलको धारणा बनाउन बैठक बोलाएको महासचिव मनिष सुमनले जानकारी दिए ।

नेपाली कांग्रेससंग सहकार्यको लागी छलफल चलीरहेको तथा मधेसमादी दल संघीय समाजवादी फोरमसंग मिलेर उम्मेदवारी तय गर्ने भएको राजपाले आन्तरीक तयारीका लागी बैठक वोलाएको सुमनले बताए ।

प्रतिक्रिया दिनुहोस्