ओली र प्रचण्डबीच भेटवार्ता, के कुरामा सहमति भयो ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीबीच भेट गरि एकता संयोजन समितिको बैठकका एजेण्डाहरु तय गरेका छन् ।

ओली निवास बालकोटमा भएको उक्त छलफलमा भोलि ३ बजे संयोजन समितिको बैठक बस्ने सहमति भएको छ। भेटपछि संक्षित प्रतिक्रिया दिंदै प्रचण्डले भने, ‘बैठकका एजेण्डा र दिशाका निर्णयबारे छलफल भएको छ ।

नेताहरुका अनुसार भोलीको बैठकमा प्रदेश सरकार र राष्ट्रियसभा निर्वाचनबारे गृहकार्य गर्न बनेको कार्यदलले औपचारिक रुपमा रिपोर्ट बुझाउनेछ ।

कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा २९ एमाले र १४ माओवादीले पाउने सहमति पनि जुटाएको छ । मुख्यमन्त्री र सभामुखबारे भने सहमति जुट्न बांकी छ । माओवादीले दुई मुख्यमन्त्री पाउने देखिएको छ भने सभामुख पदमा ४ को दाबी गरेको छ । एमालेले भने सभामुख पनि २ लिन भनेको छ ।

कार्यदलको रिपोर्टमा आवश्यक परे सामान्य हेरफेर गरेर अघि बढ्न दुबै अध्यक्ष सहमत छन् ।

भोलिको बैठकमा वैचारिक राजनीतिक तथा संगठन र नेतृत्वबारे छलफल हुने नेताहरुले बताएका छन् । पार्टीको नेतृत्वबारे दुई अध्यक्षबीच कुराकानी भएको तर, ठोस सहमतिमा नपुगिसकेको नेताहरु बताउँँछन् ।

दुई अध्यक्षबीच शुक्रबार झण्डै तीन घन्टा वान टु वान छलफल भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्