कांग्रेस केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । विहान ११ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा राष्ट्रियसभाको चुनावमा कसरी बढीभन्दा बढी सिट हासिल गर्ने भन्नेबारे छलफल हुनेछ ।

आजको बैठकमा हिजो बोल्न बाँकी रहेका नेताले आज आफ्नो धारणा राख्नेछन् । हिजो बोल्ने धेरैजसो सदस्यले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनावमा पार्टीले बेहोरेको परिणामबारे नेतृत्वको आलोचना गरेका थिए ।

उनीहरुले पार्टी सभापतिको कमजोरीले पार्टीलाई कमजोर बनाएको भन्दै आपत्ति जनाएका थिए । राष्ट्रियसभाको चुनावमा राजपालगायत कम सिट भएका दलसँग पनि सहकार्य गरेर धेरै सिट हासिल गर्नेगरी रणनीति बनाउने सम्बन्धमा केन्द्रीय समितिमा छलफल भइहरेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्