छोराछोरीको पेट भर्न प्रेमाले आफ्नो कपाल समेत बेचे
काठमाण्डौँ माघ २० । छोराछोरीको भोक मार्न प्रेमाले दुई डलर (२२७ रुपैयाँ)को लागि आफ्नो कपालसमेत बेचिन् । उनले भनिन, अनि दुई डलर (२२७ रुपैयाँ)मा कपाल बेचें‚’ । भारतको तामिलनाडुस्थित एक इँटा भट्टामा प्रेमाका दाम्पती काम गर्ने गर्थे । जसोतसो गुजारा चल्नेसम्मको कमाइ हुन्थ्यो । प्रेमाका श्रीमान अलि बढी कमाउने उपायबारे हुटहुटिइरहन्थे । उनले ऋणधन गरेर आफ्नै इँटा भट्टा खोल्ने योजना बनाए । ऋण त लिए तर विभिन्न कारणले गर्दा इँटा भट्टा खुलेन । चुलिँदै गएको ऋणको भार र जीवनका योजनाहरुबीच तालमेल मिलाउन नसक्दा प्रेमा सेलवानका श्रीमानले आत्महत्याको बाटो रोजे । श्रीमानको मृत्युपछि प्रेमाको जीवनमा आपत् आइलाग्यो । परिवारको जिम्मेवारी अब प्रेमा एक्लैको थाप्लोमा र्पयो । खानपिन, लत्ताकपडा, घरभाडा आदिका लागि एक्लैको कमाइले धौधौ हुन्थ्यो । उनले हुर्केका दुई छोराहरूलाई पनि आफुसँगै काममा लैजान थालिन् । ‘एक दिन कान्छो छोरो स्कुलबाट आयो । भोक लाग्यो भन्यो, एकछिनपछि भोक सहन नसकेर रुन थाल्यो।’ प्रेमासँग जग्गाजमिन, गहनागुरिया वा बेच्नलायक भाँडाकुडा केही पनि थिएन । ‘मसँग १० रुपैयाँको नोट धरी थिएन, घरमा केही प्लाष्टिकका भाँडामात्रै थिए’, उनले भनिन् । के हुन सक्छ त बेच्ने कुरा? उनलाई झलक्क एउटा दोकानको सम्झना आयो, जसले कपाल किन्ने गर्दथ्यो । उनले आफ्नै कपाल बेच्ने निधो गरिन् । भारत कपालको ठूलो निर्यातकर्तामध्येको एक हो, नक्कली कपाल बनाउन सक्कली कपालको प्रयोग गरिन्छ । भारतमा भगवानलाई कपाल अर्पण गर्नेहरू पनि प्रशस्तै छन्, भन्ने उनले सोचे त्यसपछि उसले कपाल बेचिन । उनले भनिन ‘काममा गएका दिन ३०० रुपैयाँ जति ज्याला आउँथ्यो, जसले बल्लतल्ल छाक र्टथ्यो।’ एकदिन उनी बिरामी परिन् । लामो समयसम्म उनी बिरामी परेपछि बिस्तारै काममा जादा धेरै समयसम्म काम गर्न नसकेको अवस्था थियो, त्यही घर टार्नसम्म पुग्ने कमाइ पनि रोकिएको थियो,उनले भनी । ऋणले चिली नागेको थियो, घर टार्ने र ऋण तिर्ने कुनै उपाय देखिनन् । श्रीमानले रोजेकै बाटोलाई उनले अन्तिम उपाय ठानिन् । अन्तत उनले पनि हार खाएर आत्महत्याकै बाटो रोज्ने निर्णय लिए । आत्महत्याको लागि डोरी,सरसामान किन्न उनी नजिकैको दोकानमा गइन्। पसलेले उनको योजनाको चाल पाएर उनलाई कुनै सामान दिएनन् । प्रेमाले अर्कै उपाय लगाएर आत्महत्याको कोसिस गर्न थाल्दा उनकी बहिनीले उनको ज्यान बचाइन् । त्यसको केही दिन पछि प्रेमाको जीवनको गतिवीधी बालाले भन्नेले थाहा पायो, बालाको आमाको दु ःख दायक समय सुनाएर प्रेमालाई हैसला दिए । त्यपछि केही रकम सहयोग गर्नुका साथै सामाजिक सञ्जालमा प्रेमा र उनको परिवारलाई सहयोग गर्न सार्वजनिक अपील गरे। ’एकदिनमै झण्डै दुई लाख रुपैयाँ जम्मा भयो। मैले प्रेमालाई सुनाएँ, उनले खुसी हुँदै त्यति रकम आफ्नो सबै ऋण चुक्ता गर्न पर्याप्त हुने बताइन’, बालाले भने । प्रेमाकै अनुरोधमा ’रकम संकलन कार्य’ बन्द गरियो। उनले अब आफै काम गर्छु भनिन, त्यसपछि रकम संकलन गर्न छाड्यौं’। प्रेमा अहिले विभिन्न ऋणदातालाई मासिक ७०० रुपैयाँका दरले चुक्ता गर्छिन् । स्थानीय सरकारी अधिकारीहरूले उनलाई दूधको डिलर खोल्न सघाउने वचन दिएका छन्। अब उनको आत्मविश्वास जागेको छ। विश्व। प्रेमाको अर्को समस्या पनि छ, भारतका करोडौं मानिसहरूजस्तै उनी पनि पढ्न लेख्न जान्दिनन्। त्यसले गर्दा सरकारले दिने सेवा सुविधाबारे उनलाई राम्रो जानकारी छैन। सरकारले दिने सुविधाबारे जानकारी नभएकै कारण उनका श्रीमानले स्थानीय साहुकारहरूसँग चर्को ब्याजदरमा ऋण लिएका थिए । जसले उनीहरूको जीवन उकास्नुको सट्टा उल्टै डुबायो । अब भने प्रेमाको जीवन बिस्तारै उनले सोचेजस्तै हुँदै गएको छ। ऋणको भार घटेको छ, सहयोगीहरू थपिएका छन्। बालाले उनलाई निरन्तर सहयोग गर्ने वचन दिएका छन्। प्रेमाले ’आत्महत्या गर्न खोज्नु मेरो गलत निर्णय थियो भन्ने बल्ल बुझ्दैछु’, अब बाँकी ऋण तिर्न सक्छु भन्ने आत्मविश्वास पलाएको छ।’ भनेर भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्