सुन र चाँदीको मूल्यमा भारी वृद्धि
काठमाडौं,१ फागुन । बिहीबार सुन र चाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।
विहिबार चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्