नेविसंघको केन्द्रीय तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना

काठमाडौं, माघ १६ । कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिको गठन गरेका छन् । ६ महिना भित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी दिँदै समितिको अध्यक्षमा राजीव ढुंगाना, महामन्त्री मनोज वैद्य र महेश्वरी कुँवर तोकिएका हुन् ।

तदर्थ समितिले १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्न पाउनेछ ।

त्यस्तै तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् । यसअघिको विद्यार्थी संघ केन्द्रीय कार्य समिति विघटन भएको मिति २९ माघ २०७५ सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा भाग लिन पाउने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्