एमाले स्थायी कमिटी बैठक आज,यी हुन् एजेण्डा

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक पार्टी मुख्यालय धुम्बाराहीमा दिउँसो ३ बजेका लागि बोलाइएको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र आसन्न राष्ट्रियसभा निर्वाचनका उमेदवारको टुंगो लगाउने विषय छलफल हुने बताइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको थाइल्याण्ड बसाइँ लम्बिएपछि उपाध्यक्ष वामदेव गौतमको अध्यक्षता बैठक बस्न लागेको हो । अध्यक्ष ओली भोलिमात्रै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्