राष्ट्रिय सभामा कुन प्रदेशमा कसले जिते (सूचिसहित)

काठमाडौं, १० माघ । राष्ट्रिय सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को वर्चष्व रहेको छ । सातमध्ये छ प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लेले जितेको छ । चुनावी नतिजा अनुसार प्रदेश १, बागमती, प्रदेश ५, गण्डकी, कर्णाली र सुदुरपश्चिममा नेकपाले क्लिन स्वीप गरेको भने प्रदेश २ मा राष्ट्रिय जनता पार्टीसँग गठबन्धन गरेकोमा नेकपा –राजपाको संयुक्त उम्मेदवारहरुले जीत हासिल गरेका छन् । प्रमुख प्रमुख प्रतिपक्षीदल
नेपाली काँग्रेसका उम्मेदवारहरुले कहीं पनि जित हासिल गर्न सकेनन् । प्रदेश २ मा समाजवादी पार्टीले नेपाली काँग्रेससँग गठबन्धन गरेपनि हार व्यहोर्यो परेको छ । कुल छ दलले उम्मेदवारी दिएकोमध्ये नेकपा र राजपाका उम्मेदवारहरु मात्र विजयी भएका छन् । प्रदेश १ मा तीन, प्रदेश २ र बागमती प्रदेशमा २, प्रदेश ४ मा दुई, प्रदेश ५ मा तीन, प्रदेश ६ र ७ मा दुई दुई गरी कुल १८ सिटका लागि आज मदनान भई साँझ मतपरिणाम सार्वजनिक भएको छ ।

कुन कुन प्रदेशमा कसले वाजी मारे: 

प्रदेश १
इन्दिरा गौतम, नेकपा
गोपीबहादुर सार्की अछामी, नेकपा
देवेन्द्र दाहाल, नेकपा

प्रदेश २
तुलसा दाहाल, नेकपा
राधेश्याम पासवान, नेकपा
शेखर सिंह, राजपा
मृगेन्द्र सिंह यादव, राजपा

बागमती प्रदेश

वेदुराम भुषाल,नेकपा

गंगा बेलवासे,नेकपा

गण्डकी प्रदेश
नारायणकाजी श्रेष्ठ, नेकपा
भगवती न्यौपाने, नेकपा

प्रदेश ५
विमला घिमिरे, नेकपा
जगप्रसाद शर्मा, नेकपा
गोपाल भट्टराई, नेकपा

कर्णाली प्रदेश
मायाप्रसाद शर्मा, नेकपा
सुमित्रा बीसी, नेकपा

सुदुरपश्चिम प्रदेश
तारामान स्वाँर, नेकपा
शारदा भट्ट, नेकपा
यसरी सबै प्रदेशमा नेकपा र २ न.ं प्रदेशमा राजपा नेकपा ले नै सफलता हात पारेको छ । यो राष्ट्रिय सभाको निर्वाचनमा काँग्रेस थला परेको छ ।

प्रतिक्रिया दिनुहोस्