संघीय संसद्को अधिवेशन आगामी मंसिर दोस्रो साता बोलाउने तयारी

काठमाडौं, १२ कार्तिक। संघीय संसद्को अधिवेशन आगामी मंसिर दोस्रो साता बोलाउनेबारे छलफल भएको छ । सरकारले यस्तो तयारी गरेको सन्देश सभामुख डोलप्रसाद अर्याललाई दिएको छ ।

सभामुख अर्यालले यही सन्देश राजनीतिक दलहरूसमक्ष सम्प्रेषण गरेका छन् । सभामुख अर्यालले बिहीबार संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।

सिंहदरवारमा भएको छलफल राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेक युवराज दुलाल, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीलगायत थिए ।

छलफलमा संसद्मा विचाराधीन विधेयकको विषय उठेको थियो । विधेयकमा परेका संशोधन र संसदीय समितिमा दफावार छलफलको विषय पनि उठेको थियो ।

अघिल्लो अधिवेशन १६ असोज २०८३ मा अन्त्य भएको थियो । आगामी अधिवेशनमा बढीभन्दा बढी विधेयक पारित गर्ने तयारी रहेको सन्देश पनि सरकारले सभामुखमार्फत राजनीतिक दलहरूसमक्ष सम्प्रेषण गरेको छ ।

संघीय संसद् सचिवालयका अनुसार संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् । तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक विचाराधीन रहेका छन् ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ५ वटा, अर्थ समितिमा ४ वटा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकारमा समितिमा ३र३ वटा विधेयक छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्य व्यवस्था तथा सुशासन समितिमा २र२ वटा र कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा विधेयक विचाराधीन छ ।

राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विचाराधीन छैन ।

प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी रहेको एउटा मात्रै विधेयक रहेको छ । राष्ट्रिय सेवा दल विधेयकको सन्देश राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी रहेको छ ।

यसबीचमा थप ७ वटा विधेयक दर्ता भएका छन् । अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक २०८३ दर्ता भएको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राति १२ बजेबाट लागु हुनेगरी संघीय संसदको अधिवेशन अन्त्य गरेका थिए ।

संसद् अधिवेशन अन्त्य भएपछि थप छ वटा विधेयक दर्ता भएका हुन् ।

संसद् अधिवेशन बन्द भएपछि दर्ता भएका थप ६ नयाँ विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, सुशासन ९व्यवस्थापन तथा संचालन० ९पहिलो संसोधन० विधेयक छ ।

यसैगरी, भवन ९दोस्रो संसोधन० विधेयक, राष्ट्रिय सडक सुरक्षा विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक दर्ता भएको छ ।

त्यस्तै, सभामा प्रस्तुत भएर मात्रै रहेको एउटा विधेयक छ ।

डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक सभामा विचाराधीन रहेको प्रवक्ता गिरीले जानकारी दिए । उनकाअनुसार समितिमा छलफल भएर प्रतिवेदन तयार भइसकेका दुई वटा विधेयक रहेका छन् ।

संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ को समितिले प्रतिवेदन सभामा पेस गरेर सभामा विचाराधीन छ ।

नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयकको भने समितिको प्रतिवेदन तयार भएर सचिवालयमा प्राप्त भएको उनले बताए ।

संघीय संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका विधेयकको संख्या १२ पुगेको छ ।

साथै, संसदबाट ६ वटा सन्धी तथा महासन्धी पेश भएर पारित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्