राहुल बल र मोइन ब्याटबाट चम्किँदा काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सहज जित

काठमाडौं, १२ कार्तिक। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो च्याम्पियन जनकपुर बोल्ट्सले एनपिएल ३ मा पहिलो जित हात पारेको छ । १७ वर्षीय राहुल यादव बलबाट र इङगल्यान्डका अलराउन्डर मोइन खान ब्याट्बाट चम्किएपछि जनकपुर बोल्ट्सले बिहिबार काठमाण्डु गोर्खाजलाई सजिलै आठ विकेटले हरायो ।

पहिलो खेलमा कर्णाली याक्सविरुद्ध सामान्य स्कोर पछ्याउन नसकेपछि हारबाट यस संस्करणको सुरुआत गरेकोले जनकपुर बोल्ट्सलाई काठमाण्डु विरुद्धको जित महत्वपूर्ण बनेको छ । काठमाण्डुको भने यो पहिलो खेल हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङगशालामा टस हार्नु जनकपुरका लागि फलिफाप भयो । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँ गोर्खाज तीन बल अघि नै ११५ रनमा सीमित भएको थियो । मोइनले एनपिएला आफ्नो पहिले अर्धशतक प्रहार गरेपछि जनकपुरले १७।२ ओभरमा दुई विकेटको क्षतिमा ११६ रन बनाएर लक्ष्य हासिल गर्यो ।

जनकपुर आफ्नो प्रमुख विदेशी खेलाडी जिमी निसमविना मैदानमा उत्रेको थियो । न्युजिल्यान्डका अलराउन्डर निसम घाइते हुनुहुन्छ । यद्यपि अर्का विदेशी खेलाडी मोइनले नियन्त्रित पालि खेल्ने क्रममा ५१ बलमा अविजित ५८ रन बनाउनुभयो । मोइनको पालमा तीन चौका र तीन छक्का थियो ।

मोइनले बङगलादेशका अलराउन्डर सैफ हसनसँग मिलेर अविजित ७९ रनको साझेदारी गरेपछि काठमाण्डु खेलमा फर्किन सकेन । सैफ पनि ३९ बलमा एक चौका र तीन छक्कासहिति ४० रन बनाएर अन्तसम्म क्रिजमा टिक्नुभयो । यसअघि मोइनसँगै क्रिजमा आएका तृतराज दास पाँच र मयन यादव नौ रनमा रन आउट हुनुभएको थियो । तृतलाई रिपोन मण्डलल आउट गर्नुभयो भने मयन रनआउट हुनुभएको थियो ।

काठमाण्डुको पालिमा सार्वधिक रन बनाउने भीम सार्कीको ब्याट्बाट पनि मात्र ३३ रन निस्कियो । १७ वर्षीय युवा तेज बलर राहुल यादवले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिई चालू आइपिएलमा अहिलेसम्मकै उत्कृष्ट बलिङ गरेपछि काठमाण्डुको पालि धराशायी भएको हो ।

राहुलले स्मित पटेल, साम हेजलेट, कप्तान करण केसी र आदिल आलमको विकेट लिनुभयो । यी चारै जना काठमाण्डुका उत्कृष्ट ब्याट्सम्यान हुन् । काठमाण्डु गोर्खाजको पालिमा भीमबाहेक रसिद खान ९१७ रन० र सुमित महर्जन ९१० रन० ले मात्र दोहोरो अङ्कमा रन बनाउनसक्नुभयो ।

जनकपुरका लागि प्रयोग भएका पाँचै बलरले विकेट लिनुभयो । राहुललाई साथ दिने क्रममा हसनले दुई तथा मोइन, हरमीत र ललितले एक–एक विकेट हासिल गर्नुभयो । राहुलले हेजलेटलाई आफ्नो पहिलो बलमै शिकार बनाउनुभएको हो । राहुलले पहिलो खेलमा पनि आफ्नो पहिलो बलमै विकेट लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्