कांग्रेसले डाक्यो शुक्रबार संसदीय दलको बैठक
काठमाडौँ , माघ २ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक शुक्रबार बोलाएको छ ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालयबाट जारी गरिएको विज्ञप्ति अनुसार माघ ३ गते संसदीय दलको कार्यालय सिंहदरबारमा दिनको १ः३० बजे बैठक बस्ने छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख चयन गर्न नसक्दा प्रतिनिधी सभाको बैठक पटक पटक सरिरहेको छ । यहि अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको हो ।
प्रतिक्रिया दिनुहोस्