दिलिप महतोलाई ‘पर्याबरण शहीद’ घोषणा गर्न नेपाल कम्युनिष्ट पार्टीको माग

काठमाडौं,२९ पुस । नेपाल कम्युनिष्ट पार्टी अबैध उत्खननको बिरुद्ध आवाज उठाउने धनुषा मिथिला नगरपालिका ५ श्रीपुरका होनहार युबक दिलिप महतो उर्फ ओमप्रकाश महतोको हत्यप्रति निन्दा र भत्र्सना गरेको छ ।
पार्टीले दिलिप महतो उर्फ ओमप्रकाश महतोका पौष २५ गते बिहान सबेरै पडयन्त्रमूलक ढंगले ट्रिपरले कुल्चाएर निर्मम हत्या गरिएकोमा त्यसको घोर निन्दा र भत्र्सना गर्दछ र घटनाको यथार्थ सत्य,तथ्य छानबिन गरी अपराधीलाई कडा भन्दा कडा र हदैसम्मको कारबाही गर्न माग गरेको छ ।
मृतकका परिबारलाई न्याय दिइयोस्, पीडित परिवारलाई पर्याप्त क्षतिपूर्ति प्रदान गरियोस्, मृतक यूवा दिलिप महतोलाई ‘पर्याबरण शहीद’ घोषणा गरियोस् तथा अबैध उत्खनन बन्द गरियोस् भनि विज्ञप्ति मार्फत माग गरेको छ । पार्टीले भन्ने न्यायपूर्ण मागकासाथ स्थानीय जागृत यूवाहरुले चलाएको आन्दोलनप्रति नेपाल कम्युनिष्ट पार्टी दृढ ऐक्यबद्धता प्रकट समेत गरेको छ ।
बास्तविक दोषीलाई उम्काउने र घटनालाई अन्यत्र मोडेर ढाकछोप गर्ने षडयन्त्र हुनसक्ने सन्देह स्थानीय जनताले गरिरहेको स्थिति छ । यस घटनामा जो जो संलग्न छन् सबै वास्तविक अपराधीहरुलाई छानबिनको दायरामा ल्याएर कारबाही गरियोस् छल प्रपञ्च गरेर ढाकछोप गर्ने कुनै पनि गतिबिधि नगरियोस् तथा दोषीलाई उम्काउने कार्य नहोस् भन्ने नेपाल कम्युनिष्ट पार्टी जोडदार माग गर्दछ ।
इञ्चाभ्रष्ट, कमिशनखोर र नाफाखोरहरुले प्राकृतिक बस्तुहरुको जथाभावी अबैध किसिमले दोहन र उत्खनन गर्ने आपराधिक कार्यले पर्याबरण असन्तुलन ल्याउने, बाढी पहिरोलाई मद्दत पु¥याउने र भावी पिढीको भविष्यमाथि समेत खेलबाड हुने भएकाले यस्ता आपराधिक कार्यलाई अत्यन्त कडाईकासाथ रोक लगाइयोस् भन्ने पनि नेपाल कम्युनिष्ट पार्टी बिशेष जोडकासाथ माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्