आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुन्छः महामन्त्री कोइराला
काठमाडौं, पुस २६ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताएका छन् । आज पत्रकारसँग कुरा गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे ।
उनले भने , “म चार वर्षसम्म चुप लागेर बसेको हुँ । पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर तर आएन । अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन गर्छ ।”
शुरुमा नै पार्टी नेतृत्वको विरोध गर्दा पार्टी नै विभाजन हुने भएकाले समय कुरेर बसेको उनले बताए । अहिलेसम्म सङ्गठन विस्तार, विभाग गठन, पार्टी सञ्चालन प्रक्रियामा कुनै स्पष्ट खाका आउन नसकेको उनले बताए ।
सभापतिप्रति कडारुपमा प्रस्तुत हुँदै महामन्त्री कोइरालाले अबका दिनमा काँग्रेसले के गर्दा देश उन्नतितर्फ जान्छ भन्ने सोच्नुपर्ने बेला आएको बताए ।
सरकारले पनि केही गर्न नसक्ने र प्रतिपक्षले पनि केही नगर्दा जनतामा निराशा छाएको उनको भनाइ थियो ।
जनताका लागि नेताले खाली आफैमा मात्रै नतासी गर्न खाज्ने गरेका छन् । नेपाली काँग्रेसमा पनि पछिल्लो समय किचलो बन्दै जान थालेको छ ।
प्रतिक्रिया दिनुहोस्