उपसभामुखद्वारा नेकपा अध्यक्षद्वयसँग छलफल, यस्तो भयो कुराकानी

काठमाडौं , पुस २५ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले संसदको कारबाही अघि बढाउने विषयमा सत्तारुढ दलका शीर्ष नेताहरुसंग छलफल गरेकी छन् । उपसभामुख तुम्बाहाङ्फेल नेकपा अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालसँग आज विहान छलफल गरेकी हुन् ।

उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्वयसँग संयुक्त रुपमा छलफल गरेकी हुन् । प्रतिनीधिसभाको बैठक आइतबारका लागि बोलाइएको छ । नेकपाका अध्यक्षद्धयले आइतबारको प्रतिनीधिसभाको बैठकसम्म निष्कर्षमा पुग्ने वचन दिएको उपसभामुख तुम्बाहाङ्फेले जानकारी दिइन् ।

नेकपाभित्र सभामुखको उम्मेद्वार चयन हुन नसक्दा पुस ४ गते सुरु भएको संसद अधिवेशन अघि बढ्न सकेको छैन । यसअघि पुस ११, १६ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्