एनआरएन विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति

 

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघको आठौं विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति बनाउने निर्णय गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतका अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले आठौं गैरआवासीय नेपाली विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन गर्ने निर्णय गरेको हो ।

सरकारले असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा प्रतिनिधिहरुको भेला गर्ने निर्णय गरिएको मन्त्री बस्नेतले बताए ।

सम्मेलनमा संघले अगाडी सारेको मार्गचित्र ‘भिजन २०२० एण्ड बियोण्ड’लार्इ प्रमुख मुद्दा बनाउने जनाएको छ ।

संघका अध्यक्ष शेष घलेले अघिल्लो वर्ष संयुतm राज्य अमेरिकाको न्यूजर्सी क्षेत्रीय सम्मेलनमा पेश गरेको यो मार्गचित्रलाई आगामी विश्व सम्मेलनमा अनुमोदनका लागि पेश गर्न लागिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्