काँग्रेस असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको सानेपामा परामर्श भेला
काठमाडौं, २१ पुस । नेपाली काँग्रेसको असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला पार्टी कार्यालय सानेपामा सुरु भएको छ । संस्थापन पक्षलाई वदवा दिन बोलाइएको जिल्ला सभापतिहरुको भेलामा हालसम्म ३० जिल्लाका सभापति भेला भएका छन् । भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताहरु सहभागी छन् ।
कांग्रेस केन्द्रीय समितिले पुस ११ गते बहुमतको आधारमा १४ औं महाधिवेशनको मिति तोक्ने, विभागहरुको संख्या ४७ र्पुयाउने लगायतको निर्णय गरेपछि रुष्ट बनेको संस्थापनइतर समूहले जिल्ला सभापतिहरुलाई काठमाडौंमा भेला गरेको हो ।
११ पुसको केन्द्रीय समिति बैठकका निर्णय सच्याउन वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले दबाब दिँदै आएका छन् । नेतृत्वसँग कुरा नमिलेपछि संस्थापनइतर पक्षले केन्द्रीय समितिको बैठक नै बहिस्कार गरेको थियो ।
सभापतिलाई दववाद सगै सुभावका लागि परामर्श भेला गर्न लागिएको र भेलाको सुझावका आधारमा अगाडि बढ्ने बताए नेता अर्जुन नरसिंह केसीले बताए । ‘पार्टी महाधिवेशनको सुनिश्चितता, विश्वसनीयता, सबैको सहभागीता र सहमतिबाट पार्टीलाई कसरी चलाउने एजेण्डामा यो भेला केन्द्रीत हुने उनले बताए । भेलाबाट प्रयाप्त सुझावको आधारमा पार्टीलाई लैजाने पनि उनले जनकारी दिए ।
प्रतिक्रिया दिनुहोस्