राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तद्वारा देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुस २० । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।

आइतबार (आज) काठमाडौंमा बसेको पार्टीको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले देशव्यापी आन्दोलनको गर्ने तायरी गरेको हो ।

सरकार जनअपेक्षा अनुसार नचलेको निष्कर्ष निकाल्दै राप्रपा संयुक्तले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको जनाएको छ ।

पार्टी अध्यक्ष पशुपति शम्शेर राणाले भारी बहुमतबाट बनेको वर्तमान सरकारले जनचाहना पुरा गर्न नसकेको भन्दै आन्दोलनलाई सशक्त बनाउने भन्ने विषयमा बैठकमा गम्भिर छलफल भएको जनाकारी दिए ।

यसैगरी पार्टीका अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सरकारको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै आन्दोलनलाई सशक्त बनाइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्