नेत्री कोइराला भन्छिन् – आन्तरिक कलह समाप्त नभए काँग्रेस हराउँछ
काठमाडौं, पुस १८ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक कलह समाप्त नभए पार्टी हराएर जाने बताएकी छन् । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरिन् ।
केन्द्रीय सदस्य कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापति बन्नकै लागि पार्टी समाप्त पार्न लागेको आरोपसमेत लगाइने । “पार्टी सबैभन्दा प्रमुख विषय हो, व्यक्ति ठूलो होइन, पार्टीको विवाद नमिले आउने चुनावमा काँग्रेस शून्यमा झर्छ, उनले भनीन्, “पार्टी्भित्र यस्तै किचलो रहिरहे आफू यो पार्टीमा भोट हाल्नलाई हात काँप्नेछ ।” काँग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदबार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्