बिहानै नेकपाको सचिवालय बैठक, लाग्ला त सभामुखको टुंगो ?

काठमाडौं, १८ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बिहान बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान साढे आठ बजे बैठक बस्न लागेको बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार र सभामुख पदको उम्मेदवार छनोटका विषयमा छलफल हुने छ ।

राष्ट्रियसभा निर्वाचनको उम्मेदवार र सभामुख पदको उम्मेदवार छनोटका विषयमा य बिहीबारको सचिवालय बैठकमा पनि छलफल भएको थियो तर कुनै निकास भनै आएका थिएन । राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भईसकेकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनु पर्नेछ ।

बिहीबारको बैठकमा सभामुख पदको उम्मेदवार छनोट गर्ने विषयमा छलफल नभएकाले शुक्रबारको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । सभामुख पदका लागि पूर्वएमालेबाट सुवास नेम्वाङ र पूर्वमाओवादीबाट अग्नि सापकोटाको नाम चर्चामा छ ।
सभामुख छनोट गर्न नसक्दा संसदको हिउँदे अधिवेशनसमेत प्रभावित भएको छ । नेकपालाई संसद र राजीतिक अनीर्णयको बन्दी बनाएको आरोप लाग्दै आएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेपछि सभामुख पद रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्