बैंककमा कसले जाँच्यो ओलीलाई?

काठमाडौं । फलोअप स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डको बैंकक पुगेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति सामान्योन्मुख भएको छ।

‘वेटिङ प्राईममिनिष्टर’ ओलीको बैंककस्थित बुमरूनगार्ढड इन्टरनेशनल हस्पिटलमा फलोअप उपचार सकिएपछि चिकित्सकहरूले स्वास्थ्यमा खासै समस्या नरहेको बताएका छन्। नयाँ सरकार र पार्टी एकीकरणको बेला उपचारका लागि बैंकक पुगेका ओलीप्रति सबैको चासो बढेको छ। विश्वको उत्कृष्ट १० मा पर्ने अस्पतालमा उनको फलोअप उपचार थाइ डाक्टर सिरा सुपार्वलगायको टोलीले स्वास्थ्य जाँच गरेको छ।

डा. सिरा सुपार्व बुमरूनगार्ड अस्पतालको मिर्गौला विशेषज्ञ हुन्। थाइल्याण्डको महिडोल युनिभर्सिटिबाट उनले एमडी गरेकी हुन्। उनीहसहित अरू केही चिकित्सकले ओलीको स्वास्थ्य परीक्षण गरेको उनलको सचिवालयले जनाएको छ। शुक्रबार र शनिबार दुई दिन उनको स्वास्थ्य परीक्षण गराइएको थियो।

प्रत्यारोपण गरिएको मिर्गौलाको नियमित स्वास्थ्य परीक्षणका लागि मात्र उनी बैंकक गएका हुन्।

प्रतिक्रिया दिनुहोस्