वामगठबन्धन टुटाउन देशी बिदेशी शक्ति सक्रिय : शाही

काठमाडौं ।। पूर्व मन्त्री एवं माओवादी केन्द्रका युवा नेता महेन्द्रबहादुर शाहीले वामगठबन्धन तोड्नु देशी बिदेशी शत्तिलको चलखेल बढेको बताएका छन् ।

रफत सञ्चार क्लबमा आईतबार आयोजीत कार्यक्रममा बोल्दै शाहीले वामगठबन्धन र लोकतान्त्रीक गठबन्धनलाई टुक्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोगन गर्न देशी बिदेशी शक्ति लागेको बताउँदै उनले वामगठबन्धको एकता तोड्ने चलखेल जारी रहेता पनि त्यसले पूर्णता नपाउने बताए ।

पाँच बर्ष सम्म वामगठबन्धनबाट एक जना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने बताउँदै अब बन्ने वामगठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुने त्यो कार्यकाल पाँच बर्ष हुनेमा कसैलाई शंका नर्गन उहाले आग्रह गरे ।

उनले वर्तमान देउवा सरकाले जाँदा जाँदै गरेको राम्रा कामको निरन्तरता दिने तर गलत निर्णय नयाँ बन्ने वामगठबन्धनको सरकारलाई मान्य नहुने बताए । अब कहिल्यै सरकारमा आउन पाइन्न जस्तो गरेर जसरी निर्णय गरेको छ यो काम चलाउ सरकारले त्यो सरासर संबिधान बिपरित गएर काम गरिरहेको उनले बताए ।

निर्वाचन आयोगले समेत नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय भएको भन्दै उनले निर्वाचन आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संबिधानको समेत उलंघन गर्ने काम गरेको उनको टिप्पणी छ ।

उनले प्रदेश नं ६ को समग्र विकासका लागी आम राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने बताए । उनले प्रदेश राजधानीका विषयमा ६ नम्बर प्रदेशमा कुने विवाद नरहेको समते दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्