तीन दिनभित्रै अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्छु्ः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र अस्थायी राजधानी तीन दिनभित्र तोक्ने बताएका छन् ।

कैलालीको गोदावरीमा आयोजित बाह्र राशी मकर मेलाको आइतबार उद्घाटन गर्दै देउवाले दलहरुसँग सहमतिको प्रयास गर्दा प्रदेश राजधानी र प्रमुख तोक्न केही ढिला भएको तर्क समेत गरे । अव सहमति भएपनि नभएपनि प्रदेश राजधानी र प्रमुख तोकिने उनले बताए ।

उनले संसद गठनको प्रक्रिया बाँकी रहेकाले प्रधानमन्त्रीबाट राजीनामा दिन समस्या भएको दावी समेत गरे । संविधानको मर्म र भावना बुझेर आफु अगाडि बढिरहेको देउवाको भनाइ छ । राष्ट्रिय सभाको निर्वाचनपछि मात्र संसदले पूर्णता पाउने उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्