नवलपरासीको बर्दघाटमा पुगेर काँग्रेसका नेता कोइरालाले यस्तो सन्देश दिए

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले हरेक जातजाती, भाषा र संस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बन्ने बताएका छन् ।

थारु जातीको माघी पर्वका अवसरमा नवलपरासीको बर्दघाट सुस्ता पूर्व नवलपुरको देवचुलीमा भएको बृहत् दोस्रो खिचडी कार्यक्रममा शनिबार महामन्त्री डा कोइरालाले यस्ता चाडपर्वले नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने विचार व्यक्त गरे ।
यस क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहेका डा कोइरालाले एउटा जाती, भाषा, संस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता बलियो नबन्ने भन्दै सबैको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा उद्योगपति विनोद चौधरीले इमान्दार, कर्मठ र लगनशील थारु समुदायलाई राज्यले उचित स्थान दिन नसकेको बताए । उनले रोजगारका माध्यमबाट थारु समुदायलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्