प्रधानमन्त्री शेरबहादुर देउवा आज राजधानी फर्कदै

काठमाडौं । प्रदेश नम्बर ७ मा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलालीको गोदावरीमा आयोजित ‘बाह्रराशि दर्शन मकरमेला’को उद्घाटन गर्ने भएक छन् । कैलालीको प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा भोलिदेखि सुरु हुने ‘बाह्रराशि दर्शन मकरमेला’को प्रधानमन्त्री देउवाले आज बिहान उद्घाटन गर्ने भएका हुन्।

मकरमेला’को उद्घाटनपछि प्रधानम्नत्री देउवा आजै राजधानी फर्कनेछन । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागि हुन शुक्रबार प्रदेश नम्बर ७ तर्फ गएक देउवा आज मेलाको उद्घाटनपछि राजधानी फर्कने उनको सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख नियुक्त, अस्थायी राजधानी तोक्नेलगायतको विषय अन्योलमै रहेका बेला राजधानी बाहिर गएका प्रधानमन्त्री देउवाले आजैदेखि यी विषयको छलफललाई तीव्रता दिनेछन् । राजनीतिक सहमतिबाटै प्रदेश प्रमुख नियुक्तीको कसरतमा रहेका देउवाले सहमतिको प्रयासलाई जारी राख्दा प्रमुख नियुक्तीमा भने ढिलाई भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्