आयोगको चेतावनीपछि सूची सच्याएर बुझाउदै राजपा

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेशसभाका सांसदको अन्तिम नामावली आज निर्वाचन आयोगमा बुझाउने भएको छ । आयोगको चेतावनीपछि राजपाले प्रदेश २ का उम्मेदवारको सूची सच्याएर आज आयोगमा बुझाउने भएको हो ।

आयोगले भनेअनुसार नै ‘क्रम’ मिलाएर आज कार्यालय खुल्नासाथ सूची बुझाइने राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए । यसअघि आयोगले सूची सच्याउन बारम्बार आग्रह गरे पनि राजपाले अटेर गर्दै आएको थियो । समानुपातिकबाट राजपाले प्रदेश २ मा १० सिट पाएको छ ।

राजपाले १० सिटमध्ये पहिलो ६ जनाको बन्दसूचीअनुसार छानेको थियो भने त्यसपछिका चार जनाका लागि क्रम मिचेको थियो । तर, आज बुझाइने अन्तिम सूचीमा यसअघि निर्वाचन आयोगमा सिफरिस भएका नाममध्ये केहि फेरबदल हुने राजपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्