प्रदेश प्रमुख नियुक्तिमा प्रधानमन्त्रीको अलमल, मन्त्री नै असन्तुष्ट

काठमाडौं । प्रदेश प्रमुख नियुक्ति गर्न प्रधानमन्त्रीले अलमल गरेको समाचारलाई आजको कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ । वाम गठबन्धनबाट सरकार लम्ब्याउन खोजेको आरोप खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्तिमा समेत अलमल गरेको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्रीकै ढिलासुस्तीले निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकको मतपरिणाम सार्वजनिक गर्न पाएको छैन ।

प्रधानमन्त्रीको ढिलासुस्तीप्रति पार्टीकै नेताहरुसमेत असन्तुष्ट बनेको भन्दै कान्तिपुरले लेखेको छ– माओवादी मन्त्रीहरुले सामूहिक राजीनामा दिएपछि प्रधानमन्त्रीले प्रस्ताव एकाएक रोकेका हुन् ।’

समाचार अनुसार प्रधानमन्त्रीले दलीय सहमतिमा प्रदेश प्रमुख तोक्न चाहेका थिए । तर माओवादी मन्त्रीहरुले उल्टै राजीनामा दिएपछि प्रधानमन्त्री झस्किएका हुन् ।

राजधानी दैनिकले पनि यो विषयलाई समाचार बनाएर छापेको छ । राजधानीका अनुसार प्रधानमन्त्रीले प्रदेश प्रमुख नियुक्तिमा तदारुकता नदेखाउँदा कतिपय मन्त्रीसमेत असन्तुष्ट बन्न पुगेका छन् ।

राजधानीले लेखेको छ– सरकारका एक मन्त्रीले प्रमुख र मुकाम तोक्ने विषयमा प्रधानमन्त्रीले आफूहरुसँग सल्लाह नगरेको र प्रधानमन्त्रीकै तहबाट अघि बढिरहे पनि ढिलाइप्रति असन्तुष्टि जनाए ।

प्रतिक्रिया दिनुहोस्