डीएसपी कुमुध ढुंगेलविरुद्ध पक्राउ पूर्जी

काठमाडौं । नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुमुध ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।जिल्ला अदालत, काठमाडौंले केही दिनअघि ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी गरेको एक प्रहरी वरिष्ठ उपरीक्षकले बताए ।

अपराध अनुसन्धान महाशाखाका अधिकृतले २६ चैतमा रानीबारीमा भएको डकैतीमा संलग्न अभियुक्त विकास श्रेष्ठलाई ढुंगेलले बारम्बार फोन गरेको भेटिएको सार्वजनिक गरेका थिए । त्यसपछि २० बैशाखमा उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो ।

सामान्यतयाः निलम्बनको विषयमा ६ महिनाभित्र निर्णय गरिन्छ । तर, ढुंगेलको हकमा ७ महिनापछि पक्राउ पूर्जी जारी भएको प्रहरीले सार्वजनिक गरेको हो ।

यता ढुंगेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्