पछिल्लो २४ घण्टामा मनाङमा धेरै भारी वर्षा, अन्त कस्तो ?

काठमाडौं, १४ कार्तिक । पछिल्लो २४ घण्टामा मनाङमा धेरै भारी वर्षा भएको छ । आज बिहान ६स्२४ बजेको विवरण अनुसार मनाङ जिल्लाको ताल मौसम मापन केन्द्रमा १०४।४ मिलिमिटर वर्षा मापन भएको छ ।

मौसम विज्ञान विभागका अनुसार २४ घण्टाको बीचमा १०० मिलिमिटर भन्दा धेरै र २०० मिलिमिटर भन्दा कम वर्षा भएमा धेरै भारी वर्षा भन्ने गरिन्छ । २०० मिलिमिटर भन्दा बढी पानी परेमा अति भारी वर्षा भनिन्छ ।

बङ्गालको खाडीमा विकसित चक्रवात अर्नबको अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेकाले देशभर वर्षा भइरहेको छ । अहिले अधिकांश स्थानहरुमा मध्यम वर्षा तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा मधेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षा पनि मापन भएको छ ।

शुक्रबार राति १० बजेको विवरण अनुसार ३ घण्टा अवधिमा सबैभन्दा धेरै वर्षा मुगुको ताल्चामा ७६।९ मिलिमिटर वर्षा मापन भएको थियो ।

यसैगरी राति ११स्१० बजेको विवरण अनुसार १ घण्टा अवधिमा सबैभन्दा धेरै सुर्खेतको रानीमत्ता केन्द्रमा ११।२ मिलिमिटर वर्षा मापन भएको थियो ।

मौसम विज्ञान विभागका अनुसार २४ घण्टाको बीचमा ५० मिलिमिटर भन्दा धेरै र १०० मिलिमिटर भन्दा कम पानी परेमा भारी वर्षा भएको मानिन्छ ।

आज पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्