डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार
काठमाडौं, १४ कार्तिक । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् ।
स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन् ।
घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० सहितको टोली कारागार पुगेको छ ।
घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै घटनाको थप विवरण यकिन हुने प्रहरीले बताएको छ । ‘अहिलेसम्म ८ जना भन्ने जानकारी आएको छ । तर, डीएसपीसहितको टोली कारागारतर्फ गएको छ । कति जना र कोको फरार भएका हुन् भन्नेबारे केही समयमै आधिकारिक धारणा सार्वजनिक होला’, स्रोतले भन्यो ।
घटनाबारे कारागार र जिल्ला प्रहरी कार्यालयले भने औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।






















प्रतिक्रिया दिनुहोस्