एक महिनाभित्र काठमाडौं उपत्यकाको धुलो निर्मूल पार्छुः मन्त्री मानन्धर

काठमाडौं, मंसिर १८ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एक महिनाभित्र काठमाडौं उपत्यकाको धुलो निर्मूल पार्ने दावी गरेका छन् ।

आज(बुधबार) काठमाडौंको बालाजु बाइसधारामा स्थानीयको सम्मान ग्रहण गर्दै राज्यमन्त्री मानन्धरले एक महिनाभित्रै सबै निकायसँग समन्वय गरेर काठमाडौंका सडकको अवस्था सुधार गर्ने बताएका हुन् ।

उनले खानेपानी, सडक विभाग, विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायत विभिन्न आठवटा सरकारी निकायबीच समन्वय गराएर उपत्यकाको सडकको अवस्थामा एक महिनाभित्रै सुधार गर्ने प्रतिवद्धता जनाएका हुन् ।

राज्यमन्त्री मानन्धरले सरकारले निर्माणाधीन विभिन्न आयोजनालाई तोकिएको समयमै पूरा गर्न ठेकेदार कम्पनीलाई ताकेता गरिएको बताए ।

उनले आफूले सबै निकायसँग समन्वय गरेर स्थानीय तहलाई थप जिम्मेवार बनाउन भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्