यसकारण गए प्रधानमन्त्री देउवा कञ्चनपुर !

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा दिक्षान्त समारोहमा सहभागि कञ्चनपुरको महेन्द्रनगर पुगेका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आज हुने दिक्षान्त समारोहमा सहभागि हुन देउवा कञ्चनपुर पुगेका हुन् ।

प्रधानमन्त्री देउवा आज दिक्षान्त समारोहमा सहभागि हुने र भोलि कैलालीको गोदावरी धाममा सुरु हुने बाह्रराशी दर्शन मकर मेलामा सहभागि हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री विश्वविद्यालयको पदेन कुलपति हुने ब्यवस्था रहेको छ । प्रधनमन्त्रीसँगै शिक्षामन्त्री गोपालमान श्रेष्ठ पनि दीक्षान्त समारोहका लागि कञ्चनपुर पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्