उपनिर्वाचन : सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी

काठमाडौं, मंसिर १५ । सुदूरपश्चिमका पाँच जिल्लाका सात वटा वडामध्ये पाँचमा नेकपा तथा दुईमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।


शनिबार उपचुनावमा डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मा नेकपाका रामबहादुर बोहरा, कञ्चनपुरको पुनर्वास नगरपालिका-३ मा नेकपाका कृष्णबहादुर तामाङ, अछामको मेल्लेख गाउँपालिका-५ मा नेकपाका रमेश खड्का, बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा नेकपाका मनराज बुढा निर्वा्चित भएका छन् ।

त्यस्तै बैतडीको दोगडाकेदार गाउँपालिका-४ मा कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी नगरपालिका(४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका-१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएको निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

यसैगरी, पुरचौडी नगरपालिका-४ मा नेकपाका शैलेन्द्र धानुक १०५ मत बढी लिएर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्