सरकार निर्वाचनप्रति गम्भिर भएन: प्रवक्ता शर्मा

काठमाडौं, मंसिर ८ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार निर्वाचनप्रति गम्भिर नभएको समेत आरोप लगाएका छन् ।

दाङमा काँग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले यस्तो आरोप लगाएका हुन् ।सरकार आचारसंहिता पालना गराउन लाग्नुको सट्टा उल्टो आफ्नै दलका कार्यकर्ताहरुलाई निर्वाचन आचारसंहिता विपरीत गतिविधि गर्न लगाउनु दुखद घटना भएको आरोप लगाए ।

साथै उनले सरकारको शैली बदल्न काँग्रेसलाई मतको आवश्यक भएको टिपण्णी गरे । प्रवक्ता शर्माले अहिलेको निर्वाचनले सरकार बदल्ने नभइ सरकारको शैली बदल्ने भएकाले काँग्रेसको जितमा मात्र त्यो सम्भव हुने बताए ।

उनले उपनिर्वाचनको हारसँगै बालुवाटारमा चुनावी हारको समीक्षा हुने र त्यसपछि कम्युनिष्ट सरकार नसच्चिए जनताले साथ नदिने डर रहिरहने छ, त्यस कारणले पनि काँग्रेसलाई जिताउनु पर्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्