राष्ट्रियसभा निर्वाचन गराएर सरकार छाड्नेबारे सोच्छु : प्रधानमन्त्री

काठमाडौं।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशप्रमुख नियुक्तिका लागि सरकार प्रमुख राजनीतिक दलहरुबीच सहमति जुटाउने प्रयासमा लागेको बताएका छन् ।शुक्रबार धनगढी विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले सहमति नभए सरकार आफैंले प्रदेशप्रमुख नियुक्त गर्ने बताए ।

प्रदेशको अस्थायी राजधानीका लागि पनि सहमतिको प्रयास भइरहेको भन्दै उनले प्रदेशप्रमुख र अस्थायी राजधानीबारे सरकारले सहमति गर्न खोजेपनि अरु दलहरु सहमतिमा नआएको दाबी गरे ।

प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको निर्वाचन गराएपछि आफूले सरकार छाड्नेबारे सोच्ने पनि बताए ।

राष्ट्रियसभा सदस्य निर्वाचन आगामी माघ २५ गते हुँदैछ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शनिबार हुने दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवासहित उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ शुक्रबार नै महेन्द्रनगर गएका छन् ।

प्रतिक्रिया दिनुहोस्