प्रचण्ड भन्छन् -नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्छ

काठमाडौं, मंसिर ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ले नेकपाले नै नेपालको भविष्य बदल्ने ठोक्ुवा गरेका छन् । उनले आफ्नो पार्टीले समृद्ध नेपाल निर्माण गर्ने धारणा व्यक्त गरे ।


आज परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने यस्तो बताएका हुन् ।
‘वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको छ, मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेकोे छ, यसलाई अझै तीव्रता दिन आवश्यक छ, नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्नेछ ।’ उनले भने ।


पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले अबको दश वर्ष्भित्रमा नेपाललाई मध्यम आय भएको देशको रुपमा स्थापित गर्ने बताउँदै अहिले भइरहेका विकासले सन्तुष्टि हुने अवस्था नभएको र अझै गर्नुपर्ने धेरै कुरा रहेको बताए । उनले मध्यम आयको देश बनाएपछि विकासलाई अझै तीव्र गतिमा पु¥याउनुपर्ने हाम्रो दायित्व रहेको बताए ।


अध्यक्ष प्रचण्डले पार्टीले अब प्रशिक्षणका लागि देशव्यापी अभियान लिएर कार्यकर्ता माझ आउने जानकारी पनि दिए । तर नेताले जति भाषण गरेपनि नेपालमा विकासका कार्यले त्यति गति लिन भने सकेको छैन् ।

विभिन्न ठाउँमाा बाटो घाटो लगाएत अन्य विकासका पुर्वाधारका योजना त्यसै अलपत्र परेका छन् । यसता कार्यमा सरकारले चासो नदेखाएको सरोकारवालाको गुनासो समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्